प्रकाशित : २५ मंसिर २०७५, मंगलवार १७:२०

विराटनगर, २५ मंसिर । मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएको एउटा स्कुल बस सहित चालकलाई प्रहरीले मंगलबार विराटनगरबाट नियन्त्रणमा लिएको छ ।

विराटनगरको नमुना विद्या मन्दिर स्कुलका विद्यार्थी बोकेको को क ११६३ नम्बरको बसका चालकले मापसे गरेको पाइएपछि विराटनगर ४ घर भएका चालक ३५ वर्षीय अबुर राजवंशीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार चेकजाँचमा खटिएको प्रहरी टोलीले बस र चालकलाई विराटनगरको तीनपैनी चौकबाट पक्राउ गरेको हो ।

चालक राजवंशी विरुद्ध ‘अभद्र व्यवहार’ को मुद्धा चलाउन जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी श्रेष्ठले बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३