Breaking News

असई श्रेष्ठ उत्कृष्ट घोषित

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार ०७:१७

विराटनगर, २३ मंसिर । शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) तिलकबहादुर श्रेष्ठलाई उत्कृष्ट प्रहरी घोषित गरिएको छ ।

कन्ट्रोल कक्षमा कार्यरत श्रेष्ठले डिजिटल रेडियो सिष्टम, सीसीटिभी र मोरङ पुलिस एप्सको निगरानी तथा विशिष्ट व्यक्तिहरुको सवारी परिचालनमा महत्वपूर्ण भूमिका खेलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनु भयो ।

साथै शान्ति सुरक्षा कायम राख्न जिल्लाको सुरक्षा योजना अनुसार प्रहरी परिचालन, रिपोर्टिङ लगायत तोकिएको जिम्मेवारी त्रुटिरहित तवरबाट कौशलता पूर्वक गरेको र नागरिक माझ प्रहरीको छवि उच्च बनाउने कार्य गरेका कारण उहाँलाई उत्कृष्ट घोषित गरिएको जानकारी डीएसपी श्रेष्ठले दिनु भयो ।

कात्तिक महिनाको उत्कृष्ट प्रहरीमा पर्नु भएका श्रेष्ठलाई ‘पुलिस अफ दी मन्थ’ को उपाधिबाट सम्मान पनि गरिएको छ । अपराध नियन्त्रण र अनुसन्धानका क्रममा सबै भन्दा राम्रो काम प्रहरीलाई प्रत्येक महिना उत्कृष्ट प्रहरी घोषित गरेर ‘पुलिस अफ दी मन्थ’ को उपाधिबाट सम्मान गर्ने गरिएको छ ।

उत्कृष्ट घोषित हुने प्रहरीको सबै विवरण सहितको फोटो जिल्लाका प्रत्येक प्रहरी युनिटमा एक महिना सम्म राखिंदै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३