प्रकाशित : २३ मंसिर २०७५, आईतवार १३:२५


विराटनगर, २३ मंसिर । विद्यालयस्तर देखि नै बालबालिकालाई नैतिक शिक्षा सिकाउन जुरुरी रहेको सरोकारवाला पक्षले जोड दिएका छन् ।
विराटनगर – ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आयोजित शिक्षककालागि नैतिक शिक्षा सम्बन्धि तालिमका सहभागिहरुले यस्तो जोड दिएका हुन् ।
भारतको रामकृष्ण मिसन कलकत्ताबाट आएका प्रचारकहरु शान्तिप्रसाद मिश्र, आरके मोहन राव र अरविन्दा मोहन रावले तालिममा सहभागि शिक्षक शिक्षीकाहरुलाई बालबालिकामा नैतिक शिक्षाको प्रभावकारी अध्ययन गराउन व्यवहारिक शिक्षामा ध्यान दिन जोड दिनुभयो । पछिल्लो समय बालबालिका तथा किशोर किशोरीमा नैतिक शिक्षा ह्रास हुँदै गएको भन्दै उहाँहरुले यसलाई विद्यालय स्तरबाट नै ध्यान दिन नसके जटिल अवस्था आउनसक्ने बताउनुभयो ।
यसको शुक्रबार र शनिवारसम्म चलेको तालिममा सहभागि शिक्षक शिक्षीकाले समेत तालिमले नैतिक शिक्षा सम्बन्धि बालबालिकालाई बुझाउन थप मद्धत पुगेको बताउनुभयो ।
विद्यालयका प्राथमिक तहका इन्चार्ज सुनिल शाहिले तालिमले पढाउने शैलमिा परिवर्तन आएको बताउनुसभयो ।
पहिला–पहिला बालबालिकाका कमजोरी पत्तालगाएर कारवाहि गर्दै सुधार्न खोजिन्थ्यो, अहिले उनीहरुका राम्रा विषयलाई उजागर गरेर प्रोत्साहन गर्ने गरिएको छ ।
यस्ता कृयाकलापबाट बालबालिकाको व्यवहारमा समेत सकारात्मक परिवर्तन आएको उहाँले सुनाउनुभयो । विद्यालयकी सामाजिक शिक्षा अध्यापन गराउने शिक्षीका रजनी चौलागाईले समेत तालिमले एकोहोरो लेक्चर दिने विधिलाई निरुत्साहित गरी व्यवहारिक शिक्षा दिन आधुनिक शिक्षा प्रणालीमा जोड दिएको बताउनुभयो ।
यसले गर्दा परिक्षाको अंकमा मात्र केन्द्रित बालबालिकालाई समेत अनुशासित र व्यवहारिक बनाउदै लैजाने विश्वास गन्ृुभयो । त्यसो त विद्यालयले वर्षभरी नै विभिन्न विषयमा शिक्षक शिक्षीकालाई उत्प्रेरक तालिमहरु प्रदान गर्दै आएको छ ।
विद्यालयका उपप्राचार्य मणिकुमार पौडेलका अनुशार तालिमपछि शिक्षक शिक्षीकाहरुको व्यवहारमा समेत परिवर्तन हुँदै आएको बताउनुभयो ।
पटक पटक राष्ट्रिय र क्षेत्रीय रुपमा उत्कृष्ट हुँदै आएको यस विद्यालयले आफ्नो गरिमा कायम राख्नपनि सवै पक्षमा ध्यान दिन आवश्यक रहेको प्राचार्य टीकाराम पुरीले बताउनुभयो ।