Breaking News

बाल संसारमा अभिभावक बैठक

प्रकाशित मिति : २३ मंसिर २०७५, आईतवार १२:०४

विराटनगर, २३ मंसिर । विराटनगर ५ हरिहरपथमा रहेको बाल संसार मन्टेश्वरी स्कुलमा अभिभावक बैठक सम्पन्न भएको छ । शनिबार भएको बैठकमा कक्षा पिजी र नर्सरीका अभिभावकहरु भेला भएका थिए ।

बैठकमा प्रिन्सीपल खड्ग राईले विद्यालयले गरेको प्रगतिबारे अवगत गराउनु भएको थियो । अभिभावकहरुले मन्टेश्वरीलाई प्रतिष्पर्धी बनाउनका लागि विभिन्न सुझावहरु दिएको को–अर्डिनेटर सुमन तामाङले जानकारी दिनुभयो ।

अभिभावकहरुले दिएको सुझावले स्कुलले भावि दिनमा तय गर्ने कार्यक्रमका लागि मार्गदर्शन भएको प्रिन्सीपल राईले बताउनुभयो । मन्टेश्वरीले तहगत रुपमा अभिभावकहरुको सुझाव लिनु शुरु गरेको उहाँको भनाई छ ।

अन्य कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको बैठक पनि चाडै राखिने को–अर्डिनेटर तामाङले बताउनुभयो । अभिभावक बैठक नियमित गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३