प्रकाशित : २३ मंसिर २०७५, आईतवार ०७:३१

विराटनगर, २३ मंसिर । निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन नेपाल प्याव्सन मोरंगको आज विहान सम्पन्न १४ औं अधिवेशनबाट अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित हुनु भएको छ ।

अधिवेशनमा कम्युनिष्ट र काँग्रेसगरि दुई खेमामा विभाजित भएर वस्नेत र निर्वमान अध्यक्ष सुनिल पौडल चुनावी मैदानमा ओर्लिएका थिए । वस्नेतले निवर्तमान अध्यक्ष पौडेललाई भारी मत अन्तरले पराजित गर्नु भएको छ । बस्नेतले १ सय २१ मत प्राप्त गर्नुभयो भने पौडेलले ८१ मत प्राप्त गर्नुभयो ।

निर्वाचनमा कम्युनिष्ट खेमाको नेतृत्व गर्नु भएका वस्नेतको प्यानलनै विजयी भएको छ । बरिष्ठ उपाध्यक्षमा सितला सुब्बा र उपाध्यक्षमा रिना थापा निर्विरोध निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा वस्नेत समूहका भक्तराज सुब्बा (१४५), सुवास राई (१२८), सचिवमा प्रेमलाल सिंह सुवाल (१२८), कोषाध्यक्षमा जगतबहादुर वस्नेत (११२) निर्वाचित हुनु भएको छ ।

सहसचिवमा पौडल समूहकी मुनु गुरुङ निर्विरोध निर्वाचित हुनुभयो । सहसचिवमा सीएम रिजाल (१४३) , विष्णु डंगोल (१४७) निर्वाचित हुनुभयो । सहकोषाध्यक्षमा देवी सिटौला, सहसदस्यहरुमा अमृतप्रसाद सिटौला, गोविन्दबहादुर कार्की, केदार पौडेल, इन्द्र सुब्बा , नगेन्द्र ढकाल र दीपेन्द्र कर्ण निर्वाचित हुनु भएको छ ।

अधिवेशनले १६ जना महाधिवेशन प्रतिनिधिपनि निर्वाचित गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३