Breaking News

४ महिनामा विराटनगरको राजश्व ७ करोड ८९ लाख

प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार १६:००

विराटनगर, २० मंसिर । विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्ष २०७५/०७६ को पहिलो चौमासिकमा झण्डै ८ करोड राजश्व संकलन गरेको छ ।

साउन देखि कात्तिक मसान्त सम्म ७ करोड ८९ लाख ९४ हजार राजस्व सङकलन गरेको हो । यो गत अब २०७४÷७५ को सोही अबधिको तुलनामा दुई करोड ३१ लख ७४ हजार बढी हो ।

गत आबको चार महिनामा विराटनगर महानगर पालिकाले पाँच करोड ५८ लाख २० हजार सङ्कलन गरेको थियो । महानगरपालिकाले चालु आबमा व्यवसायिक क्षेत्र र घर बहालमा करको बृद्धि गर्नुका साथै करका दायराहरु प्नि केही बढाईएका कारण राजस्व सङ्कलनमा प्रगति भएको विराटनगर महानगर पालिका राजस्व महाशाखाका प्रमुख राजेन्द्र प्रधानले बताउनुभयो ।

यस बर्ष देखि राजस्व सङ्कलनको कार्य वाड स्तरबाटै सुरु गरिएकाले पनि राजस्व सङ्कलन बढेको प्रमुख प्रधानको दाबी छ । महागरले चालु आबको चार महिनामा सबै भन्दा बढी सवारी साधान करबाट राजस्व सङ्कलन गरेको छ । सो शिर्षकमा महानगरले यस अबधिमा दुई करोड, ६७ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।

सवारी साधान कर पछि व्यवसाय कर मा ९२ लाख २० हजार, अन्य दस्तुरीमा ७६ लाख २१ हजार, मालपोतमा रु ६३ लाख ४५ हजार, नक्सा पास दस्तुरीमा रु ५७ लाख ३६ हजार, सिफारिस दस्तुरीमा ५१ लख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।

महानगरले अन्य कर, अन्य दस्तुरी, घरवहाल कर, नक्सापास दस्तुरी, नाता प्रमाणित दस्तुरी, व्यवसाय दर, सिफारिस दस्तुरी,सरकारी सम्पति बहाल जस्ता विभिन्न शिर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३