Breaking News

प्याब्सनको मोरङको निर्वाचन : वस्नेत र पौडल समूह मैदानमा

प्रकाशित मिति : २० मंसिर २०७५, बिहीबार १५:५९

विराटनगर, २० मंसिर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङको निर्वाचन मिति नजिकिंदै गर्दा चुनावी माहोल तातेको छ । अध्यक्षमा दुई समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेपछि चुनावी माहोल तातेको हो ।

प्याब्सन मोरङको शनिबार विराटनगरमा हुने १४ औं अधिवेशनमा वर्तमान अध्यक्ष सुनिल पौडेल र उपाध्यक्ष अर्जुन बस्नेतले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

विगतमा एकढिक्का भएर नेतृत्व चयन गर्दै आएको प्याब्सन १४ औं जिल्ला अधिवेशनसम्म आइपुग्दा स्पष्टरूपमा दुई खेमामा बाँडिएको छ । प्याब्सन मोरङ राजनीतिकरूपमा कांग्रेस र कम्युनिष्ट नेतृत्वको खेमामा बाँडिएको हो । निर्वाचनका लागि मैदानमा उत्रिएको पौडेलको प्यानल कांग्रेस पक्षधर र बस्नेत प्यानल कम्युनिष्ट पक्षधर मानिएको छ ।

बस्नेत समूहले एक महिना अगाडि देखि उम्मेदवार घोषणा गरि भोट माग्न व्यस्त छन भने पौडेल समूहले केही दिन अघिको भेलापछि उम्मेद्वारी घोषणा गरेका थिए ।

रंगेली स्थित भानु मेमोरियल स्कूलका प्रिन्सिपलसमेत रहेका अध्यक्षका प्रत्यासी पौडेल प्याब्सनमा सबैलाई मिलाएर लाने वातावरण हुनुपर्ने बताउँछन् । सुन्दर हरैंचास्थित सिद्धार्थ सेकेण्डरीमा प्रिन्सिपल रहेका अध्यक्षका अर्का प्रत्यासी बस्नेत नेतृत्वमा आएर सुढृढ र समृद्ध प्याब्सन निमार्ण गर्ने बताउनुहुन्छ ।

बस्नेत समूहबाट वरिष्ठ उपाध्यक्षमा शीतला सुब्बा, उपाध्यक्षद्वयमा भक्तराज सुब्बा र शुभाष राई, महिला उपाध्यक्षमा रीना थापा, सचिवमा प्रेमलालसिंह सुवालले उम्मेदवारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा जगतबहादुर बस्नेत, बिष्णु डंगोल र सीएम रिजाल, कोषाध्यक्षमा चण्डी रेग्मी एवं सहकोषाध्यक्षमा देवी सिटौलाले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेकामध्ये सुवाल वर्तमान उपाध्यक्ष हुन् ।

पौडेल समूहबाट सचिवमा पुष्पबिक्रम बस्नेत, कोषाध्यक्षमा अमिश रेग्मी, सहसचिवमा अमलेश ठाकुर, राम दाहाल, महिला सहसचिवमा मनु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् ।

पौडेल समूहले वरिष्ठ उपाध्यक्षलगायत केही पदमा भने अर्को पक्षकै उम्मेदवारलाई सघाउने तयारी गरेको स्रोतको दाबी छ । मोरङ प्याब्सनमा २ सय ३० जना सदस्य छन् । विराटनगर महानगरपालिकाभित्रबाट मात्र ६९ मतदाता छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३