Breaking News

अभिभावक विहिन चार बालिकाका लागि घर निर्माण शुरु

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार १८:५४

विराटनगर, १९ मंसिर । मोरंगको जहदा –१ धुनीका अभिभावक विहिन ४ बालिकाका लागि घर निर्माण शुरु गरिएको छ । जीवन विकास समाज र ह्याविटेट फर ह्युम्यानिटीले संयुक्त रुपमा घर निर्माण शुरु गरेका हुन ।

आज विश्व स्वयंसेवक दिवसको अवसर पारि जनश्रमदानमा घर निर्माण शूरु गरिएको हो । करिव २ लाख ५० हजारमा निर्माण सम्पन्न हुनेगरि काम शुरु गरिएको जीवन विकास समाजका अध्यक्ष योगिलाल मण्डलले बताउनुभयो ।

जहदा १ धुनीका १५ बर्षीया काजल मुखिया, ९ वर्षीया रानी, ७ वर्षीया नेहा र ४ वर्षीया सुनेनाकी आमाको चार बर्षअघि मृत्यु भएको र बाबुले पनि छोडेर वेपत्ता भएपछि उनीहरु मामाघरमा बस्दै आएका छन् ।

मामाघरमाको अवस्थापनि कमजोर भएपछि कागजले घाँस वेचेर दैनिकी चलाईरहेकी छिन् । घर निर्माणका लागि मामाले १० धुर जग्गा उपलब्ध गराएपनि घर निर्माण शुरु गरिएको हो ।

आवास विहिनहरुलाई अर्थपूर्ण आवास निर्माण गर्ने उद्देश्य सहित काम गर्ने गरिएको ह्याविटेट फर ह्युम्यानिटीका मोहम्वत नसिम सर्वरले बताउनुभयो ।

आफ्नो उमेरका साथीहरू किताब, कापी र कलमसहितको झोला बोकेर स्कुल जाँदा कागजले आफ्नोे मन चसक्क हुने गरेको बताईन । आफु पढ्न नपाएपनि वहिनीहरुलाई धेरै पढाउने इच्छा रहेको उनले बताईन ।

३ जना वहिनीहरुलाई स्थानीय जनता बाल आधारभुत विद्यालयले पढ्नका लागि सम्पूर्ण सहयोग गरेको प्रधानाध्यापक वीरेन्द्रप्रसाद मण्डलले बताउनुभयो ।

मोरङ र सुनसरीका विभिन्न ठाउँबाट घाँस ल्याएर नेपाल–भारत सीमा क्षेत्रमा बिक्री गर्नु काजलको दैनिकी बनेको छ । सनुसरीको अमडुवा फारमबाट घाँस काटेर सीमावर्ती बजार रानीमा बेच्ने गरेकी छन । घाँस बेचेर उनी दिनमा एक सय ५० देखि २ सय रुपैयाँ कमाउँछिन ।

घाँस वेचेर दैनिकी चलेपनि घर नहुँदा समस्या हुने गरेको उनी बताउँछिन ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]l.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३