Breaking News

प्रदेश १ योजना आयोगका पदाधिकारीको सपथ ग्रहण

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार १८:४६

विराटनगर, १९ मंसिर । प्रदेश १ मा योजना आयोग गठन भएको एक महिना पछि आयोगका पदाधिकारीलाई सपथ ग्रहण गराईएको छ ।

प्रदेश १, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले आयोजना गरेको सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले उपाध्यक्षमा नियुक्त भएका सुबोधराज प्याकुरेल, पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ खुवाउनु भएको छ ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुनौती र अवसरको बिचमा जिम्मेवारी दिईएको बताउनुभयो ।

संघीयताको मर्मलाई हृदयङ्मन गर्दै संभावनाको जगमा उभिएर प्रदेशलाई तत्काल सजाउने र सुन्दर बनाउने कामको शुरुवात प्रदेश १ ले गर्ने बेला आएको मुख्यमन्त्री राईले बताउनुभयो ।

प्रदेश सरकारले घोषणा गरे अनुसारको प्रतिबद्धताको आधारमा कामहरु गरिरहेकोले अलमल नगरेको भन्दै राईले अब प्रदेशहरु बिच हुने विकासका होडवाजीमा प्रदेश १लाई पहिलो बनाउन सबै लागि पर्न राईले आग्रह गर्नुभयो ।

सपथग्रहण पछि  प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले पहिलाको योजनाका कारण विकासका कामहरु दुश्चक्रमा फँसेको बताउँदै अब नयाँ योजनाका साथ प्रदेश १लाई आत्मनिर्भर बनाउने दावी गर्नुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३