Breaking News

कोशी अञ्चल अस्पताललाई ५ थान एसी

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १८:४४

विराटनगर १८ । विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताल विराटनगरलाई पाँच थान एसि प्रदान गरेको छ । प्रमुख भीम पराजुलीले आज एक कार्यक्रमको आयोजना गरी एसी हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले सवैको सहयोग रहे कोशी अञ्चल अस्पतालले सवै सेवा प्रबाह गर्न सक्ने बताउनु भयो । अस्पतालमा सबैको पहुच पुग्ने गरी विकास र उपलब्ध साधन भित्राउन स्थानीय, प्रदेश र संघीय सरकार सकारात्मक हुन आबश्यक रहेको बताउनु्भयो ।

महानगरपालिकाले उपलब्ध गराएको एसी बुझ्दै अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रोशन पोखरलेलले स्थानीय सरकारको तर्फबाट भएको सहयोगको प्रशंसा गर्नु भयो । सवैले आफ्नै अस्पताल हो भनेर काम गर्न सके अञ्चल अस्पतालले सेवाप्रबाह सहजरुपमा गर्न सक्ने बताउनु भयो ।

अस्पताल परिसरको सडक व्यवस्थापनमा समेत प्रमुख पराजुलीले अग्रसरता लिएर स्तरोन्नती गर्ने काम सम्पन्न गर्नु भएको छ । कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष मधुबावु तिवारी, अञ्चल अस्पतालको प्रसुती विभाग प्रमुख डां संगिता मिश्र, प्रशासन प्रमुख नबराज लुइटेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३