Breaking News

राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक अन्र्तक्रिया

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १८:४१

विराटनगर, १८ मंसिर । संघीय संरचनामा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रम आज विराटनगरमा सम्पन्न भएको छ ।

शान्तिका लागि साझा अभियान (कोक्याप) विराटनगरको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस प्रमुख सचेतक केदार कार्कीले संघिय सरकारले प्रदेश सरकारलाई पेण्डुलम बनाएको बताउनुभयो । संघिय सरकारको व्यवहार मुखिया प्रबृत्तिको भएको उहाको भनाई छ ।

संघ र प्रदेशमा नेकपाको सरकार भएकाले मन्त्री तथा सांसदहरु बाहिर बोल्न नसकेपनि भित्रभित्रै द्वन्द्व रहेको कार्कीले बताउनुभयो । प्रदेश सभा सदस्य कुसल लिम्बुले ५ बर्ष भित्रमा संविधान कार्यन्वयन भएर छाड्ने बताउनुभयो । संविधान कार्यन्वयनको पाटो चुनौतिपूर्ण रहेको उहाँको भनाई छ । प्रदेशसभा सदस्य यशोदा अधिकारीले नागरिक समाज पनि विभाजित हुने गरेको बताउनुभयो ।

नागरिक समाजको विषय बाँझिनेहुदा राजनीति गर्नेहरुलाई पनि समस्या हुने उहाँले बताउनुभयो । संघिय समाजबादी फोरमका मोरङ अध्यक्ष राजकुमार यादवले संघिययता टिकाउन राजनीतिक दलको आचारण सुधार्नु पर्ने बताउनुभयो । उहाँले संघियता टिकाउनका लागि राजनीतिकदलले गंभिर भएर सोच्नुपर्ने उहाँको भनाई ।

नेकपा मोरङका नेता बाबुराम कार्कीले संघियताको उत्पती र व्यवस्थापनमा राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले संघियता टिकाउन सवै राजनीतिकदलको उत्तिकै भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा नर्थ साउथ कलेक्टिभका दिनेश श्रेष्ठले नागरिक समाजले सचेतना जगाउने र खवरदारी गर्ने काम गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्रलाई अघि बढाउन विभिन्न किसिमका अभियानहरुको नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

कोक्यापका अध्यक्ष बद्रीप्रसाद भुषाले सरकारले गरेका कामको स्वच्छ आलोचना गर्ने काम नागरिक समाजको भएको बताउनुभयो । सरकारलाई सफल बनाउनेमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने अध्यक्ष भुषालको भनाई छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३