Breaking News

ओझा विरुद्ध उजुरी बढ्दै

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १८:३९

विराटनगर, १८ मंसिर । विराटनगरमा तीन वटा घर भाडामा लिएर नक्कली विद्युत्त परियोजना र विजनेस म्यानेजमेन्ट ग्रुप खोलेर ठगि धन्दा चलाउँदै आएका गुणराज ओझालाई प्रहरीले पक्राउ गरेपछि अहिले उजुरी दिनेको संख्या बढेको छ ।

मोरङको लेटाङ नगरपालिका – ३ घर भइ हाल विराटनगर– ५ जामुनगाछी ससुराली घरमा बस्दै आएका ५५ वर्षीय ओझालाई मोरङ प्रहरीले मंसिर ११ गते राति विराटनगरबाट पक्राउ गरेको थियो ।

ओझा पक्राउ परेसँगै अहिले दैनिक जसो उजुरी आउने क्रम बढेको मोरङ प्रहरीको प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म ओझाबाट ठगिएको भन्दै मोरङ प्रहरीमा २१ वटा उजुरी आएको जानकारी दिनुभयो । अहिले उजुरी आइरहेको हुनाले ओझाले कति रकम ठगि गरेको हो भन्ने बारेमा भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

आफू नेपाल प्रहरीका महानिरीक्षकको मामा ससुरा रहेको तथा पूर्वराजा ज्ञानेन्द्र शाहको विश्वास पात्र रहेको बताउने ओझाले विराटनगर महानगरपालिका– ४ कंचनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए । कर्मचारीका रुपमा नियुक्ती दिइएका उनीहरुबाटै प्रति व्यक्ति पाँच हजार देखि एक लाख ३५ हजार रुपैयाँ सम्म ठगी गरेको खुलेको थियो ।

२०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर ओझा फरार बनेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३