प्रदेश १ मा चार घण्टा टिपर चलाउन रोक
प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १६:३६

विराटनगर, १८ मंसिर । प्रदेश नम्बर १ मा बिहान र बेलुका दुई.दुई घण्टा टिपर चलाउन रोक लगाइएको छ ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मुख्य राजमार्ग र सहायक मार्गमा टिपर चलाउन रोक लगाएको हो ।
टिपरका कारण अत्यधिक दुर्घटना बढेपछि नयाँ नियम लगाउन सूचना जारी गरिएको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४
सम्बन्धित शीर्षकहरु