Breaking News

केन्द्र सरकारसंग कुरा राख्दै एक नम्बर प्रदेश सरकार

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार १६:३४

विराटनगर, १८ मंसिर । केन्द्र सरकारले मंसिर २३ गतेका लागि आव्हान गरेको अन्तर–प्रदेश बैठकमा एक नम्बर प्रदेश सरकारले कर्मचारी अभाव, अधिकार बाँडफाड लगायतका विषयमा देखिएको विवादका विषयमा कुरा राख्ने तयारी गरेको छ ।

आज सन्चारकर्मीसँग कुराकानी गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयता कार्यान्वयनको पहिलो चरणमा देखिएका समस्या समाधान गर्न उक्त बैठक महत्वपूर्ण हुने बताउनु भयो ।

प्रदेशका तर्फबाट बैठकमा कर्मचारी व्यवस्था, चलअचल तथा भौतिक सम्पत्ति र संरचनाको स्वामित्व बाँडफाँडका विषयमा कुरा उठाउने उहाँले बताउनुभयो । साथै प्रदेश प्रहरी लगायतका सुरक्षा निकायको संचालनजस्ता विषय पनि टुंगो लगाइने उहाँले जानकारी दिनु भयो । बैठकपछि संघ र प्रदेसबीचको अन्यौलता कम हुने र दुवै सरकारले नयाँ गति लिने मुख्यमन्त्री राईले विश्वास व्यक्त गर्नुभयो ।

संघ र प्रदेशवीचको विवाद मिलाउन भन्दै काठमाडौमा दोस्रोपटक बैठक आब्हान गरिएको हो । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले औँल्याएका प्रदेशका समस्याबारे छलफल गरीे निकास खोजिने जनाइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३