Breaking News

बजेट खर्च गर्न नसक्दा प्रदेश १ को विकास ठप्प

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १८:०७

विराटनगर, १७ मंसिर । सरकारले विकासका लागि विनियोजन गरेको बजेट विकासे कार्यालयहरुले खर्च गर्न नसक्दा मोरङ लगायत प्रदेश १ मै विकासका गतिविधिहरु ठप्प जस्तै भएका छन् ।

संघीय सरकारले विराटनगरमा रहेका तीनवटा विकासे कार्यालयलाई विकास निर्माणको काम गर्न झण्डै दुई अर्व रकम विनियोजन गरेको छ । तर कात्तिक महिनासम्म ती कार्यालयहरुले कूल बजेटको दश प्रतिशतसम्म मात्र खर्च गरेका छन् ।

संघीय सरकारले संघीय आयोजना कार्यान्वायन इकाई विराटनगरका लागि लागि चालु आर्थिक वर्षमा एक अर्व ५७ करोड ६८ लाख बजेट विनियोजन गरेको थियो । उक्त कार्यालयले अहिले सम्म १७ करोड ५७ लाख रुपैयाँ मात्रै खर्च गरेको छ । त्यस्तै सुनसरी मोरङ सिचाई आयोजनको काममा ३२ करोड ९० लाख रकम विनियोजन गरिएको भए पनि कात्तिक महिनासम्ममा तीन करोड ११ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

१६ करोड २० लाख रकम विनियोजन गरिएको सडक डिभिजन कार्यालय विराटनगरले सात करोड मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरले जनाएको छ ।

संघीय सरकारको बजेट समयमै निकासी भए पनि खर्च हुन नसक्नुमा कर्मचारीको व्यवस्थापन पक्ष प्रमुख समस्या रहेको सुनसरी मोरङ सिचाई आयोजनाका प्रमुख हरेराम श्रेष्ठको भनाइ छ ।

कर्मचारी सरुवा भएर जाने र आउने क्रम यही बीचमा परेकाले काममा ढिलाई भएको उहाँको भनाइ छ ।

‘यस अवधिमा चाडपर्व र कर्मचारी सरुवा धेरै भयो,’ उहाँले भन्नु भयो , ‘अव विकास निर्माणका कामले गति लिने अपेक्षा गरिएको छ ।’ संघीय आयोजना कार्यान्वायन इकाई कार्यालय विराटनगरका सव इन्जिनियर राजकुमार मिश्रका अनुसार कार्यालयको नाम देखि कार्यक्षेत्र समेत हेरफेर भएका कारण रकम खर्च गर्न समस्या देखियो ।

बजेट समयमै आएपनि खर्च गर्ने अख्तियारी नआउँदा थप जटिलता निम्तिएको उहाँको भनाइ छ । उक्त कार्यालयको नाम यस अघि भवन निर्माण तथा शहरी डिभिजन कार्यालय थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३