Breaking News

कर्मचारीलाई मुख्यमन्त्री राईको निर्देशन

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १८:०६

विराटनगर, मंसिर १७ । प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले कर्मचारीलाई उच्च मनोबल र इच्छाशक्तिका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश एकको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको निति कार्यक्रम र भावी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि कर्मचारीलाई सम्बोधन गर्नुहुंदै उहांले यस्तो निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री राईले परिवर्तित सन्र्दमा जनताका अपेक्षा बढेको बताउनुहुंदै जनताले सुशानसनको अनुभुति गर्न सक्ने हिसाबले कामगर्न कर्मचारीलाई सुझाव दिनुभयो ।

उहांले नयां ब्यवस्थाको पहिलो चरण भएकाले सबै ठांउमा आवश्यक कर्मचारी उपलब्ध भइनसकेको बताउनुहुंदै आउदो केहि दिनभित्रै सो समस्या समाधान हुने बताउनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कार्यसम्पादनको क्रममा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न कर्मचारीलाई प्रदेश सरकारले सघाउने बताउनुभयो ।

उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुशियैतले अभावका वावजुद कर्मचारीले उदाहरणिय काम गर्ने अवसर आएकाले ऐतिहासिक चुनौतीलाई सामना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश एकका विभिन्न जिल्लाका वन,वातावरण तथा पर्यटनसंग जोडिएका कर्मचारीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३