Breaking News

मोरङको भूमि समस्या समाधान गर्न सरकार गम्भिर : प्रम ओली

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार १७:११

काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धि समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउनुभएको छ ।

मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने बताउनुभएको छ । “यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ ।

त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख , उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले भूमि व्यवस्था,गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । सँगै रहनुभएकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गा सम्बन्धि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताउनुभएको छ ।

मोरङका जनप्रतिनिधीहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधीहरु साँसद घनश्याम खतिवडाको नेतृत्वमा आउनुभएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३