प्रकाशित : १७ मंसिर २०७५, सोमबार १४:१४

विराटनगर, १७ मंसिर । सरकारका पछिल्ला गतिविधीको विरोध गर्दै नेपाली कांग्रेसको भात्रृ संगठन तरुण दलले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा ‘संजय’ ले जानकारी दिनु भयो ।

मुलुकमा हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार र महँगी बढिरहँदा पनि सरकार चुप लागेर बसेको विरोधमा ज्ञापन पत्र बुझाइएको थापाको भनाइ छ । तरुण दलले ज्ञापन पत्रमार्फत बढ्दो हत्या, हिंसा, बलत्कार, भ्रष्टाचार र महँगी नियन्त्रणमा अग्रसर हुन सरकारलाई आग्रह गरेको छ ।

प्रजिअ केसीले तरुण दलले बुझाएको ज्ञापन पत्र सम्बन्धीत ठाउँमा पुर्याउने र उठाइएका मुद्धा सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३