प्रकाशित : १६ मंसिर २०७५, आईतवार १२:५३

विराटनगर, १६ मंसिर । नेपाल जेसीजको जनकपुरमा पुसमा हुने ४५ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष र कार्यकारी उपाध्यक्षमा गरी दुइ जना उम्मेदवार मोरङको पथरीशनिश्चरेका छन् ।

जसमा अध्यक्षका उम्मेदवार अशोक शंकर र कार्यकारी उपाध्यक्षको उम्मेदवार मञ्जरी घिमिरे हुन् । दुवैजना राष्ट्रिय स्तरमा चिचिएका युवा व्यक्तित्व हुन् ।

पुस ७ देखि १० गतेसम्म जनकपुरमा हुने अधिवेशनमा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम् पथरी जेसीजका संस्थापक अध्यक्ष शंकरले अन्य ५ जना उम्मेदवारसँग प्रतिष्पर्धाका गर्नुपर्ने छ ।

सफल युवा व्यवसायी तथा सृजनशील युवाको पहिचान बनाएका शंकर युवा विकासको परियोजना नै आफ्नो जेसीज जीवनको मुख्य लक्ष्य रहेको बताउछन् । उनले पथरी, झापाको दमक र सुनसरीको इटहरीमा शंकर ज्वेलर्स सञ्चालन गरी व्यवसायिक प्रभावकारिता समेत देखाई सकेका छन ।

सन २०११ मा पथरी जेसीजको संस्थापक अध्यक्ष शंकर २०१४ मा नेपाल जेसीजको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । त्यसताका उनले जेसीजको प्रतिनिधित्वव गर्दै जापान वल्र्ड कंग्रेस (२०१४) फिलिपिन्स, कोरिया, जर्मन, अस्ट्रेलियालगायतका देशमा सहभागिता जनाइसकेकाछन् ।


उता, मन्तव्य कलामा माहिर र निडर स्वभावकी पथरीशनिश्चरे १० निवासी मञ्जरी घिमिरे जेसीजको कार्यकारी उपाध्यक्षको एकमात्र महिला उम्मेदवार बनेकी छिन् । नेपाल जेसीजकी पूर्व उपाध्यक्ष घिमिरेसँग अन्य नौ जना पुरुष प्रतिष्पर्धी रहेका छन् ।

२००६ सालमा झुम्का जेसीजको साधारण सदस्यता लिएकी उनले बसाइसराइको क्रममा विराटनगर गएपछि २००८ बाट टङ्कीसिनुवारी जेसीजमा आबद्ध भई सन् २०१६ मा त्यहाँको अध्यक्ष भइन् ।

उनी झुम्का जेसीजको संस्थापक कोषाध्यक्ष समेत बनिन् । सन् ०१७ मा उनी जेसीजको राष्ट्यि उपाध्यक्ष निर्वाचित बनेकी थिइन् । उनी नेपाल जेसीजबाट सञ्चालन भएका विभिन्न तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएकी छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३