Breaking News

चार महिनामै विराटनगरमा ४ सय ६५ घर थपिए

प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार १२:३२

विराटनगर, १६ मंसिर । प्रदेश नं १ को अस्थाई राजधानी भएसँगै विराटनगर महानगर भित्रको शहरीकरण बढ्दो रुपमा छ । आर्थिक बर्ष २०७४/०७५ को कात्तिक महिना सम्ममा नयाँ घर निर्माणका लागि महानगरबाट तीन सय ६५ वटा घर नक्सा पास भएका थिए भने चालु आबको सोही अबधिमा चारसय ६५ वटा घर नक्सा पास भएका छन् ।

प्रदेशको अस्थाई राजधानीसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको पर्याप्त सेवा सुविधा, पहाडे–मधेशीको मिश्रित समाज, रोजगारी र व्यवसायको उचित अबसरका कारण विराटनगर नयाँ मासिनहरुको गनतब्य स्थल बन्दै गएको विराटनगर स्थित स्नाकोत्तर क्याम्पस अर्थशास्त्र विभागका सह प्रध्यापक डा. अर्जुन बराल बताउनुहुन्छ । सुविधा र पूर्वाधारको हिसावले काठमाडौ पछि विराटनगर नै रहेकाले पनि विराटनगर प्रतिको आकर्षण बढेको हुन सक्ने उहाँको भनाई छ ।

महानगरको दक्षिण भेगको तुलनामा उत्तरी भेगमा नयाँ घर निर्माण हुने क्रम बढेर गएको छ । कुन वडामा कति घर नक्सा पास भएका छन् भन्ने व्यवस्थित तथ्याङ्क महानगरमा नभएपनि उत्तरी क्षेत्रमा पर्ने १, ३, ४ र ५ नं वडामा नयाँ घर थपिने क्रम बढेर गएको विराटनगर महानगर घर नक्सा शाखाका इन्जिनियर अर्जुन थापाले बताउनुभयो । थापाका अनुसार पछिल्लो अबधिमा महानगरको वडा नं ४ मा सबै भन्दा बढी नयाँ घर निर्माणका लागि नक्सा पास भएका छन ।

नोबेल मेडिकल कलेज, दिल्ली पब्लिक स्कुल, विराटनगर विमान स्थल जस्ता विकासका पूर्वाधार रहेको र जग्गा प्लटिङ्ग पनि पर्याप्त मात्रमा भएकाले सो वडामा नयाँ घर थपिने क्रम बढेर गएको हो ।

महानगरको उत्तरी क्षेत्रमा पहाडे समुदायको बाहुल्यता रहेकाले पूर्वी पहाड र ग्रामिण क्षेत्रबाट आउने पहाडे समुदायको पहिलो रोजाई पनि तिनै वाडहरुमा पर्ने गरेको जग्गा कारोवारीहरु बताउँछन् । केही बर्ष भित्रमै विराटनगरको उत्तरी क्षेत्रमा सयौ विघा जमिन प्लटिङ्ग भईसकेको छ । दुई÷तीन बर्षकै अबधिमा ती क्षेत्रका जग्गाको मूल्य झण्डै तीन गुणले बढेको छ ।

उत्तरी क्षेत्रको तुलनामा दक्षिण तर्फ नयाँ घर निर्माणको कार्य निकै कम छ । विराटनगरको दक्षिण भेग भारतीय सीमावर्ती क्षेत्र भएकाले पनि सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि, मधेश आन्दोलनको समयमा भएको बन्द हड्तालको मनोबैज्ञानिक त्रास, सेवा– सुविधा र पूर्वाधारको अभाव रहेकाले पनि बाहिराबाट आउने मासिन दक्षिण तर्फ आउन नरुचाउने गरेको यहाँ स्थित स्नाकोत्तर क्याम्पस मानब शास्त्र विभागका प्रमुख सह–प्रध्यापक डिल्ली प्रसाई बताउनुहुन्छ ।

तर सोही क्षेत्रका वडा नं १२ र १३ मा भने दक्षिण तर्फका अन्य वाडकोे तुलनामा नयाँ घर निर्माणको कार्य निकै छ । ती वडाहरुमा विराटनगर आँखा अस्पता, महेन्द्र मोरङ क्याम्पस, सुनसरी–मोरङ्ग सिचाई आयोजना जस्ता पूर्वाधारका कार्यालयहरु रहेको र ती कार्यालयमा काम गर्ने अधिकाँस कर्मचारीहरु पनि सिराह सप्तरी जिल्लाका रहकाले ती जिल्लाबाट बसाई सराई गरेर आउने मासिन तीनै वाडहरुमा बसोबास गर्ने गरेको सह–प्रध्यापक प्रसाईको दाबी छ ।

तर महानगरको दक्षिण तर्फका अन्य वडाहरु १४, १५, १६,१७ र १८ नं वडाहरुमा बाहिराबाट आउने नयाँ मानिसको सख्या न्यून रहेकाले नयाँ घर निर्माणकोे क्रम पनि न्यून रहेको महानगर घर नक्सा शाखाका एक कर्मचारी चन्द्रानन्द यादब बताउनुहुन्छ । दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने महानगरको १८ नं वाडमा चालु आबमा एउटा मात्र नयाँ घर निर्माणका लागि नक्सा पास भएको छ ।

पछिल्लो अबधिमा महानगरको १९ नं ( साविक वैजनाथपुर गाविस) मा नयाँ मानिसहरुका लागि आकर्षक बन्दै गएको छ ।

तर उत्तरी मोरङको विराटनगर प्रवेशको छोटो मार्ग समेत यही पर्ने र प्रदेशको स्थाई राजधानी विरानगरमा भए त्यसका संरचनाहरु पनि यही वडामा निर्माण हुने संभावना रहेकाले एक बर्षकै अबधिमा यस वडाका अधिकांश खाली जमिन प्लटिङ्ग भईसकेको स्थानीय बासी लक्ष्मण सरदारले बताउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३