Breaking News

काठमाण्डौं, १५ मंसिर । नेपालमा क्रिस्चियन धर्मको प्रचार बढ्दै गएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र हिन्दुराज्य कायम गर्नुपर्ने बहस सुरु भएको छ ।

कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको भेलामा सहभागी भएकाहरुले आगामी महासमिति बैठकबाटै धर्मकाबारेमा ठोस निर्णय गर्नुपर्ने बताएका छन् ।

देशैभरबाट धादिङको घाटबेसीमा भेला भएका कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले हिन्दुधर्म नासिने अवस्थामा पुगेको र संस्कारहरुसमेत धरासायी हुँदै गएको भन्दै मुलुकलाई हिन्दुराज्य कायम गर्नेगरी पार्टीले बहस अघि बढाउनुपर्ने बताएका छन् । उनीहरुले कम्युनिस्ट नेतृत्वको सरकार परम्परा र हिन्दुधर्मलाई नासेर क्रिस्चियन धर्म प्रचारमा केन्द्रित भएको भन्दै महासमिति बैठकबाटै पार्टीले हिन्दुधर्मकाबारेमा स्पस्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

बैठकमै कतिपय कोषध्यक्षहरुले यो प्रस्ताव नै राखेका छन् । संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेकाले आफैंले बनाएको संविधानको खिलापमा बोल्न गाह्रो भएको तर्क गर्ने कांग्रेस जिल्ला कोषाध्यक्षहरुसमेत हिन्दुधर्मका विषयमा जनमतसंग्रह आवश्यक भएको बताउन थालेका छन् । हिन्दुधर्मका विषयमा नेपाली कांग्रेसले जनमतसंग्रहका लागि महासमिति बैठकबाट प्रस्ताव पारित गर्नुपर्ने मत कतिपय कोषध्यक्षको छ ।

कांग्रेसभित्र पछिल्ला दिनमा हिन्दुधर्मबारेको बहस बढ्दै गएको छ । केही दिनअघिमात्र नुवाकोटको ककनीमा भएको जिल्ला सभापतिहरुको बैठकमासमेत सभापतिहरुले अनौपचारिकरुपमा यो विषयलाई गम्भीरताका साथ उठाएका थिए ।

 

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३