Breaking News

सम्वृद्धिको पक्षमा हातेमालो गर्नुपर्ने : प्रधानमन्त्री ओली

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार १८:५४

काठमाण्डौं, १५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय, शान्ति, समानता, विकास र सम्वृद्धिको पक्षमा हातेमालो गर्नुपर्ने बताउनुभएको छ ।

आज काठमाण्डौमा सुरु भएको एशिया प्रशान्त शिखर सम्मेलन २०१८ को उद्घाटन शत्रलाई विशेष सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा, जलवायु परिर्वतन तथा स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि एशियाली मुल्य र मान्यताका साथ सहकार्य बढाउन सहभागी राष्ट्र प्रमुखहरुलाई आव्हान गर्नुभएको हो ।

जलवायु परिर्वतन विकास र मानवीय अस्तित्वका लागि नै चुनौतिको विषय भएकाले हिमालहरु पग्लने क्रम रोक्ने उपायबारे पनि सोच्नुपर्ने उहाँले बताउनुभयो ।

संविधान निर्माण र संघीय निर्वाचन पछि मुलुक विकास र सम्वृद्धिको बाटोमा अघि बढेको भन्दै उहाँले नेपालको शान्ति प्रक्रियाबाट विश्वले नै पाठ सिक्नुपर्ने बताउनुभयो । सम्मेलनमा आधादर्जन मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३