Breaking News

पथरीशनिश्चरेमा नि:शुल्क पशु शिविर

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार १८:५३

पथरीशनिश्चरे, १५ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिकाको पशुपंक्षी सेवा शाखाले नगरमा पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर अघि बढाएको छ ।

नगरमा ३ ठाउँमा निशुल्क शिविर सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत नेपाल पाराभेटेरीनरी एशोशियसन, इकाई कमिटी पथरीशनिश्चरेको सहआयोजनामा आज वडा नम्वर ७ स्थित लामाटोलमा पहिलो शिविर सम्पन्न भएको छ ।

नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा पशु तथा पंक्षीहरुको जाँचका साथै आवश्यक औषधिहरु समेत वितरण गरिएको छ ।

मंसिर १७ गते वडा नम्वर ६ को भातेगौडामा र १९ गते वडा नम्वर ८ को सोमबारे बजारमा सो शिविर सञ्चालन गरिने पशुपंक्षी सेवा शाखा प्रमुख गणेश शिवाकोटीले जनाउनु भयो ।

नगरपालिकाले पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरका लागि ७० हजारका दरले ३ स्थानका लागि २ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३