Breaking News

विराटनगरमा ‘हाफ म्याराथुन’

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार १८:४८

विराटनगर १५ मंसिर । ‘हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि विराटनगरस्थित मिल्स माविकी अन्जली चौधरी र गौतमबुद्ध स्कूलका सुमन कामतले जितेका छन् ।

विराटनगर–१३ स्थित सौगात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आयोजना गरेको उक्त प्रतियोगिताको छात्रातर्फको द्धितीय गोदावरी स्कूलकी रिचा थापा, तृतीय सोही स्कूलकी अन्सु लामा, चौथो गौतम बुद्ध स्कूलकी रीतिका रानामगर पाँचौ मिल्स माविकी अन्सु कुमारी महतो घोषित भइन् । त्यस्तै छात्रतर्फ भएको उक्त प्रतियोगिताकोे द्धितीय राइजिङ्ग स्कूलका एम.डि अक्बर, तृतीय खुल्ला रुपमा भाग लिएका मुकेश यादव, चौथो गौतम बुद्ध स्कूलका बबिस थापा र पाँचौं स्टार स्कूलका दिपक भण्डारी भए ।

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार १, द्धितीय २ हजार १, तृतीयले १ हजार १ रुपैयाँको साथै ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक विष्णु डंगोलले बताउनुभयो । चौथो र पाँचौ हुने प्रतियोगिले समेत नगद पुरस्कार पाएका थिए ।

विद्यालयमा अध्ययरत विद्यार्थीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सहकारीको अध्यक्ष छत्रबहादुर तामाङ्गले बताउनुभयो ।

प्रतियोगितामा विराटनगर–१२, १३ १४,१५ र १६ नम्बर वडामा रहेको विद्यालयका पाँच दर्जन बढी विद्यार्थीहरूले भाग लिएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३