Breaking News

विराटनगरमा वैकिङ्ग फूटसल हुने

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १८:३७

विराटनगर १४ मंसिर । विराटनगरमा पहिलो पटक वैकिङ्ग फूटसल हुने भएको छ । द स्र्पोट्स हव विराटनगरले आगामी मसिंर १६ गतेदेखि २२ गते सम्म विराटनगरमा वैकिङ्ग फुटसल हुने जनाएको छ ।

द स्र्पोट्स हव विराटनगरले आज विराटनगरको पत्रकार सम्मेलनको आयोजना गरी विराटनगर २ मा फूटसल हुने जनाएको छ । फूटसल प्रतियेगितामा नेपालका क वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम भट्टराईले जानकारी दिनुभयो ।

लिगकम नकआउटको आधारमा खेलाइने सो प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफि हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफि हात पार्ने संयोजक भट्टराईले बताउनुभयो ।

दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह ए मा नेविल, सिटिजन्स, सानिमा र समुह वि मा मेघा, जनता र नेपाल वैंङक रहेको छ । बाकी २ टिमको पछि टुङ्गो लगाउँने द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले जानकारी दिनुभयो ।

सात दिनसम्म सञ्चालन हुने प्रतियोगिता गर्नलाई करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३