प्रकाशित : १४ मंसिर २०७५, शुक्रबार १७:३२

विराटनगर, १४ मंसिर । मोरङ जिल्लाको केराबारी गाउँपालिकामा राखिएको तीनदिने नागरिकता वितरण घुम्ती शिविरबाट ८ सय ३४ जनाले नागरिकता प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा राखिएको शिविरबाट सो संख्यामा नयाँ नागरिकता बाँडिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । पाण्डेले शिविरमा पाँच सय १७ महिला तथा तीन सय १७ जना पुरुषले नयाँ नागरिक लिएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘मंगलबार र बुधबार दुईदिनको लागि शिविर राखिएको भएपनि अत्याधिक भीडका कारण बिहीबार थप सर्वसाधारणको सहजताको लागि शिविर राख्नु परेको थियो ।’

वर्षमा चारवटा शिविर आयोजना कार्यक्रम अन्र्तगत जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिकवर्षको पहिलो शिविर केराबारीमा राखेको हो । यस क्रममा केराबारी गाँउपालिकास्थित उत्तरी सिंहदेविकी ८१ वर्षीया लक्ष्मीदेवि खड्काले नागरिकता पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘यसै गाँउपालिकाबाट एक बृद्ध महिलाले पहिलोपटक नयाँ नागरिकता लिनु भएको छ । साथै नागरिकता लिनेहरुमा ६० प्रतिशत २० वर्षमूनि उमेर समूहका रहेकाछन् ।’

यसक्रममा पहिलो दिन मंगलबार दुई सय र बुधबार दोश्रो दिन दुई सय ७५ जनालाई नागरिकता वितरण गरिएको छ । तीनदिने नागरिकता वितरणका क्रममा ३७ जनाले प्रतिलिपी नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । सर्वसाधारणलाई माथिल्लो पहाडी क्षेत्रबाट एकैदिनमा विराटनगर पुगेर नागरिकता लिन असहज हुने भएकाले पहिलोपटक केराबारीमा शिविर राखिएको गाँउपालिकाका प्रमुख रोहित कार्कीले बताउनुभयो ।

कार्कीका अनुसार, नागरिकतासंगै मतदाता परिचय पत्रका लागि पाँच सय ४५ जनाले मतदाता नामावलीका लागि फोटो खिचेका छन् । जसमा तीन सय तीन जना महिला र दुई सय ४२ जना पुरुष रहेका छन् ।

केराबारी गाँउपालिका मोरङको उत्तरी क्षेत्रमा अवस्थित पहाडी र तराइ भूभागको मध्यमा पर्दछ । केराबारीको १० वटा वडा अन्र्तगत सिंहदेवि, भोगेटेनी, यांङशिला, पाटी लगायतका गाउँबाट नागरिकताका लागि सर्वसाधारण पुगेका थिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३