प्रकाशित : १४ मंसिर २०७५, शुक्रबार १६:१७

विराटनगर, १४ मंसिर । नेपाल पत्रकार महासंघ मोरङको बार्षिक साधारणसभा आगामी पुसमा विराटनगरमा हुने भएको छ । कार्यसमितिको आज बसेको नवौं बैठकले पुस २० गते विराटनगरमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

साधारणसभा सम्पन्न गर्नका लागि अध्यक्ष बन्धु पोखरेलको संयोजकत्वमा उपाध्यक्षहरु कुमोद अधिकारी र सुशीला पाठक सदस्य रहेको मूल समिति निर्माण गरिएको छ । कोषाध्यक्ष सन्तोष सिग्देलको संयोजकत्वमा सदस्यहरु नविन कर्ण र कौशल निरौला रहेको आर्थिक उपसमिति निर्माण गरिएको छ ।

साधारणसभामा प्रस्तुत हुनेगरी नेपाल पत्रकार महासंघ मोरङको इतिहास र वर्तमान अवस्था समेट्ने गरी वृत्तचित्र निर्माण गर्ने निर्णय गरिएको सचिव अर्जुन आचार्यले बताउनुभयो । उहाँका अनुसार वृत्तचित्र निर्माणका लागि शाखाका सल्लाहकार तथा पूर्वअध्यक्ष महेन्द्र विष्ट संयोजक रहनेगरी पूर्वअध्यक्ष मोहन भण्डारी र शाखाका साधारण सदस्य मोहन मानन्धर सदस्य रहने गरी समिति निर्माण गरिएको छ ।

साधारणसभाका अवसरमा २२ वर्षदेखि कार्यरत मोरङ शाखाका कार्यालय सचिव दिपक फुयाँललाई ५१ हजार राशी नगद सहित सम्मान गरिने निर्णय गरिएको सचिव आचार्यले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३