Breaking News

मोरङमा एक हजार २ सय क्षयरोगी सम्पर्क बाहिर

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहीबार १८:४५

विराटनगर, १३ मंसिर । ग्रामिण भेगमा रहेका क्षयरोगी पत्ता लगाउन नसक्दा मोरङ जिल्लामा अझैपनि एक हजार बढीले स्वास्थ्य सेवा पाउन सकेका छैनन ।

मोरङमा करिव २ हजार २ को संख्यामा क्षयरोगका विरामी छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको गत आर्थिक बर्षको तथ्याङ्क अनुसार १ हजार २ क्षयरोगी पत्ता लागेको छ । विराटनगरमा मात्रै क्षयरोगीको संख्या १ सय ४६ छ ।

पर्याप्त बजेट नहुँदा पिछडीएका वर्ग सम्म पुग्न नसेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका क्षय–कुष्ठ अधिकृत रामनरेश ठाकुरले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ गाउँपालिका/नगरपालिकाका केन्द्र सम्म मात्र पुग्न सकिएको छ, गाउँमा पुग्न सकिएको छैन ।’ क्षयरोग निवारणका लागि स्थानीय तह आँफै लागेको उहाँले बताउनुभयो । सन् २०५० सम्म नेपालबाट क्षयरोग निवारण गर्ने सरकारले लक्ष्य लिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ४४ हजार क्षयरोगी छन् । सरकारको तथ्यांङ्क अनुसार ३२ हजार मात्र पत्ता लागेको छ । अझै १२ हजार पत्ता लाग्न सकेको छैन । सरकारी लक्ष्यलाई पुरा गर्नका लागि नेपाल क्षयरोग निवारण संस्था, वीएनएमटी लगायतका संस्थाहरुले पनि सहयोग गरिरहेको अवस्था छ ।

नेपाल क्षयरोग निवारण संस्था, मोरङले प्रतिकात्मक र उपचारात्मक सेवा दिने गरेको छ । मोरङ बाहेककाबाट रिफर आएका केशलाई पनि व्यवस्थापन गर्ने गरिएको कार्यक्रम संयोजक घनस्याम कोइरालाले बताउनुभयो । क्षयरोगीको संख्या पत्ता लगाउन प्रिभिलेन्स सर्वेक्षण जारी छ ।

२०७४ साल माघ १८ गतेबाट सुरु भएको प्रिभिलेन्स सर्वेक्षण करिब १८ महिनामा पुरा हुनेछ । यो सर्वेक्षणपछि नेपालमा रहेका क्षयरोगीको संख्या एकीन हुनेछ । जुन नेपालका ७७ मध्ये ५५ जिल्लामा गरिनेछ । सरकारी लक्ष्यलाई पुरा गर्नका लागि वीएनएमटीले पनि प्रदेश नं. १ का ५ वटा जिल्लामा काम गरिरहेको छ ।

खकार परिवहनको कामदेखि लिएर फोक्सोको टिवी लागेका परिवारको परिक्षण लगायतको काममा यसले सहयोग गरिरहेको छ । झापा, मोरंग, सुनसरी, उदयपुर र इलाम जिल्लामा क्षयरोग निवारणका लागि काम गरिरहेको वीएनएमटी मोरङ कार्यक्रम संयोजक पुनम विष्टको भनाई छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३