प्रकाशित : १३ मंसिर २०७५, बिहीबार १८:४२

इटहरी, १३ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आयुर्वेदिक चिकित्सालाई प्रवद्र्धन गरिने बताउनुभएको छ ।

सुनसरीको इटहरीमा आयोजित स्वास्थ्य सेवाको प्रदेश स्तरीय तीन दिवसीय समीक्षा गोष्ठीलाई बिहीबार सम्बोधन गर्दै मन्त्री घिमिरेले सो कुरा बताउनुभएको हो । उहाँले आयुर्वेदिक चिकित्सा पद्दति पुरानो भए पनि समयानुकुल अध्यावधिक हुन नसक्दा पिछडिएको बताउँदै आजको शून्यको स्थितिमा रहेको यो सेवालाई वृद्धि गर्नुपर्ने औँल्याउनुभयो ।

प्रदेश १ मा पाइने जडीबुटी तथा औषधीजन्य प्राकृतिक स्रोतको पहिचान र पञ्जीकरण गरी चाँडै प्रशोधन केन्द्र समेत खोलिने उहाँले जानकारी गराउनुभयो । यस प्रदेशलाई कुनै विशिष्ट चिकित्सा केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको ठहराउँदै मन्त्री घिमिरेले प्रदेश स्तरमा उच्च कोटीको प्रयोगशालासमेत स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो ।

सो गोष्ठीमा बोल्दै आयुर्वेदिक चिकित्सा प्रणाली उपचार मात्र नभएर सँस्कृति पनि हो तसर्थ आयुर्वेदिक औषधीलाई जगेर्ना गर्नु भनेको सँस्कृतिको संरक्षण पनि हो मन्त्री घिमिरेले भन्नुभयो । स्वास्थ्य क्षेत्रलाई अनुशासित राख्न विभिन्न कानुनहरुको आवश्यकता परेको हुनाले तत्कालै कानुन निर्माण गरी काम गरिने उहाँले जानकारी दिनुभयो ।

सो गोष्ठीको विहीबारको सत्रमा आयुवेर्दिक र अघिल्ला दिनका सत्रमा क्रमशः अस्पताल र जनस्वास्थ्य सम्बन्धी विषयमा समीक्षा गरिएको थियो । सबै दिनका कार्यक्रमहरुमा संघीय र प्रदेश मन्त्रालयका विभाग र महाशाखाका प्रमुखलगायत १४ जिल्लाकै स्वास्थ सेवा प्रदायक सरकारी निकायहरुको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३