Breaking News

विराटनगर, १३ मंसिर । निर्माणधिन अबस्थामा रहेको अरुण तेस्रो जलविधुत आयोजनामा स्थानीय कामदारलाई प्रथामिकता नदिएको गुनासो स्थानीय जनप्रतिनिधिले गरेका छन् ।

परियोजना विकासकर्ता एस जे भि एस अरुण–३ पावर डेभलप्मेन्ट कम्पनी प्रा लि ले आज बिराटनगरमा आयोजना गरेको एक छलफल कार्यक्रमका सहभाागिहरुले त्यस्तो गुनासो गरेका हुन् ।

जिल्ला समन्वय समिति सखुवासभाका अध्यक्ष सुमन शाक्यले संझौता अनुसार स्थानीय व्यक्तिहरुलाई रोजगारी पनि नदिएको र रोजगारीका लागि उपलब्ध गराईने तालिममा पनि सहभाागि नगराएको बताउनुभयो । परियोजना निर्माण कम्पनीले जनप्रतिनिधि भन्दा पनि स्थानीय प्रशासनलाई प्रथामिकता दिएको शाक्यको भनाई छ ।

उहाँले पूर्व संझौता अनुसार स्थानीय क्षेत्रको विकास निर्माण समेत लगानी नगरिएको स्पस्ट पार्नुभयो । त्यस्तै परियोजना निर्माण स्थल मकालु गाँउपालिकाकी कार्यबहाक अध्यक्ष चमेली राईले परियोजना निर्माण कम्पनीले सार्हो गार्हो पर्दा मात्र जनप्रतिनिधि सम्झने अरु बेला बेवास्त गर्ने तरिका ठिक नभएको बताउनुभयो । परियोजना निर्माण स्थलमा आवश्यक शौचालयको व्यवस्था नहुँदा कामदारहरुको शौचबाट वोरपरको बातवरण नै प्रदुषित भएको पनि उहाको भनाई छ ।

निर्माण कम्पनीले स्थानीय बासीहरुलाई स सानो रोजगारीका अवसर समेत नदिँदा स्थानीय क्षेत्रमा परियोजना प्रति नकारात्मक सोच बन्दै गएकाले त्यस तर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ । त्यस्तै सभापोखरी गाँउपालिकाका अध्यक्ष रत्न सुब्बाले परियोजना सफल होस भन्ने हामी सबैको चाहना हो तर परियोजनाले स्थानीय क्षेत्रलाई वेवास्ता गरेर अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरर्राकाले नेपालको सीमेन्ट नेपाल गुणस्तर मापदण्ड अुनसार नै उत्पादन भएकाले यसले आयोजनाले निर्धारण गरेको मापदण्ड पुरा गर्न सक्ने दाबी गर्दै परियोजना निर्माणमा नेपाली सिमेन्ट नै प्रयोग गर्न अनुरोध गर्नुभयो ।

उहाँले नेपाली निर्माण सामाग्रीमा कुनै शंका लागे आयोजनाले कुनै स्वतन्त्र एजेन्सी मार्फत त्यसको पुनः परीक्षण गर्न सक्ने बताउनुभयो । प

रियोजना निर्माणका क्रममा १४ लाख ४२ हजार ७२७ घनमिटर गिट्टीबालुवा, चार लाख ५८ हजार मेट्रिकटन सिमेन्ट र ४८ हजार ४०४ मेट्रिकटन स्टिल आवश्यक पर्ने जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३