प्रकाशित : १३ मंसिर २०७५, बिहीबार १३:२३


विराटनगर, १३ मंसिर । गायक जि.एम. राईको स्वर रहेको ‘माया तिमी गर्छौ भने’ बोलको गीतकोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
एक कार्यक्रम आयोजा गरि युटुवमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियोको निर्देशन दिनेश माङ्गमुले गरेका छन् । यस गीतको शब्द, संगीत टिका वोम्जोनले गरेका छन् भने ऐरेन्ज पवन लामाले गरेका हुन् ।
गायक राइको स्वर रहेको गीतको भिडियो निर्देशक माङ्गमुले उत्कृष्ट ढङ्गले प्रस्तुत गरेका छन् । यस म्यूजिक भिडियोमा कलाकार निराजन प्रधान र रेखा लिम्बुले अभियन गरेका छन् ।
एक्शन स्टुडीयोमा रेकडिङ्ग गरेको थियो भने श्रृङ्गार बिमला तामाङ्ग र छायाँकन अर्जुन तिवारीले गरेका छन् । सम्पादन भने विकास धमलाले गरेका छन् ।
निर्देशक दिनेशले मनोरम स्थलमा छायाँकन गरेका गरेको म्यूजिक भिडियो दर्शकले रुचाउने अपेक्षा गरेका छन् ।