प्रकाशित : ११ मंसिर २०७५, मंगलवार १७:०२


विराटनगर, ११ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ठोस र प्रभावकारी योजनाका साथ अघि बढ्न सके मात्रै लैंगिक हिंसा अन्त्य हुने बताउनु भएको छ ।
विराटनगरमा आज आयोजित लैंगित हिंसा अन्त्यका लागि सरोकारावाला निकायको जिम्मेवारी र भूमिका विषय दुई दिने कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले हिंसा अन्त्यका लागि कानूनी व्यवस्था निर्माण गर्न रचनात्मक जनदवाव पनि आवश्यक रहेको बताउनु भयो ।
उहाँले व्यक्तिका घर भित्रै हिंसाका अनेक रुप हुने पनि उल्लेख गर्नु भयो । घरदेखि समाज सम्म हुने हिंसाका विरुद्ध ठोस योजना आवश्यक रहेको पोखरेलको भनाइ छ ।
उहाँले राजनीतिक रुपले मात्र संघीयता घोषणा हँुदैमा संघीयताले पूर्ण आकार लिन नसक्ने बताउनु भयो । उहाँले प्रशासनिक र वित्तिय हिसावले पनि संघीयताले आकार लिने आवश्य रहेकोमा जोड दिनु भयो ।
अहिले राजनितिक रुपमा मात्र संघीयताको घोषणा भएको तर प्रशासनिक र वित्तिय हिसावले संघीयताले पूर्ण आकार लिन नसकेको पोखरेलको भनाइ छ ।