Breaking News

पत्रकार महासंघ मोरङलाई आरतीको सहयोग

प्रकाशित मिति : ११ मंसिर २०७५, मंगलवार १३:२८

विराटनगर, ११ मंसिर । नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थित गर्न आरती स्ट्रिप प्रालिले आर्थिक सहयोग गरेको छ ।

पत्रकार महासंघमा थप पुर्वाधार निर्माणका लागी महासंघले काम अगाडी वढाएपछि आरती स्ट्रिपले सहयोग गरेको हो । महासंघको भवनमा आज आयोजित कार्यक्रममा आरती स्ट्रिपले सहयोग गरेको हो । कार्यक्रममा उद्योग संचालक समितिका उपाध्यक्ष सञ्जिव शर्माले पत्रकार अध्यक्ष वन्धु पोखरेललाई दुई लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभयो ।

महासंघको पूर्वाधार निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरेको समितिका उपाध्यक्ष शर्माले वताउनुभयो । कार्यक्रमा महासंघका अध्यक्ष वन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थितगर्न थप पुर्वाधारको निर्माणको काम शुरु गरिएकाले त्यसका लागी सवैलाई सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा आरती स्ट्रिपका प्रसाशकीय अधिकृत दिवश नेपालले औद्योगिक क्षेत्र संचालनका लागि पत्रकारले गरेको सहयोग महत्वपुर्ण रहेको बताउनुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३