Breaking News

विराटनगरलाई प्लाष्टिक मुक्त बनाउन सुझाव

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार १८:४२

विराटनगर, १० मंसिर । सहकार्य र समन्वय गरेर अगाडि बढ्न सके विराटनगरलाई प्लाष्टीकमुक्त महानगरपालिका बनाउन सकिने आज विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्लाष्टीकजन्य वस्तु तथा प्लाष्टीकको झोला नियमक तथा नियन्त्रण अभियान अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा कालो रंगको पोलिथिन झोला स्वास्थ्यका लागि हानिकार रहेको भन्दै सबैलाई कपडाको झोला बोक्न अनुरोध गरिएको छ ।

२० माइक्रोन भन्दा तलको प्लाष्टीकको झोला स्वास्थ्यका लागि अति नै हानिकारक भएकोले बोक्न प्रतिबन्ध लगाउनु पर्ने सहभागीहरुले बताएका थिए । यस्तै गुट्का , खैनीको खोल क्यान्सरको कारक भएको कार्यक्रममा जानकारी दिइएको थियो । कार्यक्रममा बोल्दै स्थानीय टोल संगठन विराटनगरका केदार कार्की, दुर्गा चापागाई, मेघराज श्रेष्ठ लगायतले विराटनगरलाई प्लाष्टीकमुक्त शहर बनाउन ठोस योजना लिएर महानगरपालिका अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले प्लाष्टीकमुक्त शहर बनाउन सहकार्य गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताउनु भयो । यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे विराटनगर महानगरपालिकाका वातावरण शाखा प्रमुख अनिता कोइरालाले प्लाष्टीकजन्य फोहर व्यवस्थापनमा चुनौती रहेको बताउनु भयो । उहाँले विराटनगरमा दैनिक १ सय ५७ मेट्रिक टन फोहर उत्पादन हुने जानकारी दिनुभयो ।

जसमा कागजजन्य फोहर ८ प्रतिशत, प्लाष्टीकजन्य फोहर ९ दशमलब १८ प्रतिशत, कपडाजन्य फोहर ३ दशमलब शून्य २ प्रतिशत, धातुजन्य फोहर शून्य दशमलब ९२ प्रतिशत, शिसाजन्य फोहर २ दशमलब ५० प्रतिशत, रबरजन्य फोहर शून्य दशमलब ५४ प्रतिशत, निर्माणजन्य फोहर २ प्रतिशत, अन्य फोहर ४ दशमलब ३३ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले प्लााष्टीकजन्य फोहर व्यवस्थापन र सिक्स लेनको सडक निर्माणमा चुनौती रहेको भन्दै सबै साझा अभियान र प्रयासले विराटनगरलाई प्लाष्टीकमुक्त शहर बनाउन प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३