प्रकाशित : १० मंसिर २०७५, सोमबार १२:५५

विराटनगर, १० मंसिर । राप्रपा प्रजातान्त्रिक मोरङको कार्यसमिति चयन भएको छ । शनिबार विराटनगरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा राप्रपा प्रजातान्त्रिकले राजेन्द्र बस्नेतको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । यस्तै समितिको उपाध्यक्षमा दुर्गा कार्की र सचिवमा प्रदिप सुवेदी चयन भएका छन् ।

कार्यक्रममा संगठन विभाग प्रमुख ध्रुव प्रधान प्रदेश संयोजक सुनिलबहादुर थापा, अनुशासन समिति संयोजक रामकृष्ण भट्टराई लगायतको केन्द्रीय टोलिले पुरानो तदर्थ समितिलाई नै अनुमोदन गरेको थियो ।

राप्रपाको विधान अनुसार जिल्ला समिति ४५ सदस्यीयसम्म हुने व्यवस्था रहेको छ । समितिको अन्य पदाधिकारीहरू चयन गर्न बाँकी रहेको सचिव सुवेदीले जानकारी दिए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३