प्रकाशित : ९ मंसिर २०७५, आईतवार १६:२५

विराटनगर, ९ मंसिर । प्रदेश १ मा यस वर्ष धान उत्पादनमा बृद्धि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत बढीले धान उत्पादन हुने भएको देखिएको हो ।

गत वर्ष ११ लाख आठ हजार छ सय छ मेट्रिक्टन धान उत्पादन भएकोमा यस वर्ष १२ लाख ४१ हजार चार सय ३९ मेट्रिक्टन धान उत्पादन हुने अनुमान गरिएको छ ।

कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका बरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डाँगीका अनुसार गत वर्ष भन्दा यस वर्ष एक लाख ३२ हजार आठ सय ३३ मेट्रिक्टन बढी धान उत्पादन हुने प्रक्षेपण गरिएको छ । उहाँले धान रोप्ने बेलामा पर्याप्त सिंचाई सुविधा पुगेको र कृषकले समयमै मल तथा विउ प्राप्त गर्न सकेका कारण धान उत्पादन बृद्धि हुने बताउनु भयो । गत वर्षको भन्दा यस वर्ष बढी क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

धान रोप्ने बेलामा पर्याप्त सिंचाई सुविधा नपुग्दा तीन लाख २२ हजार एक सय ८३ हेक्टर क्षेत्रफलमा मात्रै गत वर्ष रोपाइँ भएको थियो । यस वर्ष तीन लाख २३ हजार एक सय ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएका कारण पनि धान उत्पादन बढ्ने अनुमान गरिएको डाँगीको भनाइ छ । उहाँका अनुसार गत वर्ष तीन दशमलव ४४ मेट्रिक्टन प्रति हेक्टर उत्पादकत्व रहेकोमा बृद्धि भएर यस वर्ष तीन दशमलव ८४ मेट्रिक्टन प्रति हेक्टर रहेको छ ।

डाँगीले अहिले कृषकको धमाधम पाकेको धान थन्क्याउने बेला भएकाले धान थन्क्याईसकेपछि भने यकिन तथ्याँक प्राप्त हुने जानकारी दिनु भयो । प्रदेश १ मा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदययपुर, खोटाङ, ओखलढुँगा र सोलुखुम्बु पर्छन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३