Breaking News

आठ महिनापछि विराट गोल्डकपको हिसाव किताव सार्वजनिक

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार १६:२३

विराटनगर, ९ मंसिर । विराटनगरको इतिहास र प्रतिष्ठासंग जोडिएको पछिल्लो विराट गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको आठ महिनापछि आयोजकले हिसाव किताव सार्वजनिक गरेको छ ।

२०७४ अन्तिममा प्रतियोगिताको पाँचौं संस्करण आयोजना गरिए पनि हिसाव किताव भने विराटनगरमा आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । पहिलो पटक फ्लड लाईट जडान गरेर दिवा तथा रात्रिकालीन (डे–नाईट) प्रतियोगिता गत चैत १७ देखि २६ गते सम्म आयोजना गरिएको थियो ।

गोल्डकप आयोजक समितिका अध्यक्ष नविन रिजालले प्रतियोगिताको पाँचौं संस्करणबाट पाँच लाख ८८ हजार पाँच सय ८१ रुपैयाँ नाफा भएको बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा एक करोड ३० लाख ८५ हजार छ सय ६६ रुपैयाँ आम्दानी भएको छ ।

आम्दानी मध्ये एक करोड २४ लाख ९७ हजार ८५ रुपैयाँ खर्च भएर पाँच लाख ८८ हजार पाँच सय ८१ रुपैयाँ बचत भएको जानकारी रिजालले दिनु भयो । प्रतियोगिताका लागि प्रायोजक तथा प्रवर्धकबाट ५१ लाख ४६ हजार चार सय ६१, टिकट विक्रीबाट ४४ लाख ५६ हजार एक सय ६१ रुपैयाँ एवं आर्थिक सहयोग तथा अन्यबाट ३४ लाख ८३ हजार ४४ रुपैयाँ आम्दानी भएको उहाँको भनाइ छ ।

आयोजकले मैदान तयारीका लागि तीन लाख २५ हजार एक सय ९८, मसलन्द तथा छपाईमा तीन लाख ६६ हजार नौ सय ४६, खेलाडी तथा रेफ्री व्यवस्थापनमा ६० लाख ६५ हजार आठ सय ६६ रुपैयाँ खर्च भएको हिसाव सार्वजनिक गरेको छ । त्यस्तै टावर तथा फ्लड लाईटमा आठ लाख ८४ हजार छ सय ९०, यातायातमा दुई लाख ३४ हजार छ सय ५८, विज्ञापनमा ११ लाख ६१ हजार दुई सय २७, फ्लेक्समा नौ लाख ६६ हजार तीन सय २६, बैंक शुल्कमा एक हजार तीन सय ३०, सरसफाईमा ६३ हजार ५० रुपैयाँ खर्च भएको देखाइएको छ ।

विद्युतमा १३ हजार पाँच सय २१, अतिथी सत्कारमा चार लाख ५१ हजार छ सय, बिमामा एक लाख ५० हजार ८१, मेडिकलमा एक हजार तीन सय १८, कार्यालय व्यवस्थापनमा ९७ हजार, लेखा परीक्षणमा १० हजार, सुरक्षामा दुई लाख ५७ हजार दुई सय ५८, मञ्च व्यवस्थापनमा नौ लाख ४७ हजार चार सय ४४, स्वयंसेवकमा दुई लाख ११ हजार छ सय ७० रुपैयाँ खर्च गरिएको छ ।

टि.डि.एस र अन्य विविध खर्चमा एक लाख ९७ हजार आठ सय ७० रुपैयाँ जोडिएको छ । मोरङ जिल्ला खेलकुद विकास समितिले प्रतियोगिताका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । डे–नाईट प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको थियो ।

विराट गोल्डकप २०७५ को आयोजना गर्ने समय भने टुँगो लागेको छैन । विराट गोल्डकप ट्रष्टसंग समन्वय गरेर अव गर्ने प्रतियोगिताको मिति टुँगो लगाइने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३