प्रकाशित : ७ मंसिर २०७५, शुक्रबार १८:०२

विराटनगर, ७ मंसिर । प्रदेश नं. १ का २५ स्थानीय तह अझै बैक विहीन अवस्थामा रहेका छन् । हाल सम्म १ सय १२ स्थानीय तह मात्र बैंक तथा वित्तिय संस्थाहरुको पहुँचमा पुगेको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगले जनाएको छ ।

नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक दिपेश आचार्यले बैंक तथा वित्तिय संस्थाहरु अहिले खोलिने अवस्थामा रहेको र अझ पनि बढिरहेकाले निकट भविष्यमा सवै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु पुगि सक्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैंक विराटनगरको तथ्यांक अनुसार प्रदेश नम्बर १ का १४ जिल्लामा आर्थिक वर्ष ०७४/०७५ सम्ममा ४ सय ८६ वाणिज्य बैंक, १ सय ३५ विकास बैंक, ३८ फाइनान्स कम्पनीका शाखाहरु रहेका छन् । यस प्रदेशको कुल जनसंख्य ४८ लाख १० हजार ७ सय रहेकोमा ति प्रत्येक शाखाहरुले ७ हजार ३ सय जनतालाई बैंक तथा वित्तिय सेवा प्रवाह गरिरहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३