Breaking News

शैक्षिक सुधारको माग गर्दै सामाजिक विकास मन्त्रालयमा धर्ना

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार १८:०१

विराटनगर, ७ मंसिर । पेशागत हकहित तथा शैक्षिक सुधारको मागगर्दै आन्दोलित भएका शिक्षक तथा विद्यालय कर्मचारीहरुले विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा धर्ना दिनुका साथै प्रदर्शन गरेका छन ।

नेपाल शिक्षक महासंघ प्रदेश एककको अगुवाईमा शिक्षक तथा विद्यालय कर्मचारीहरुले धर्ना दिएका हुन । सो क्रममा जम्मा भएका शिक्षकहरुले स्थानिय ट्राफिकचोकबाट बिरोध र्यालीसहित प्रदर्शनगर्दै देवकोटाचोकस्थित सामाजिक विकास मन्त्रालय पुगेर धर्ना दिएका थिए । उनिहरुले पेशागत हकअधिकार सुनिश्चितगर्न मागगर्दै मन्त्रालय अघिल्लतिर रहेको देवकोटाचोकमा कोणसभा समेत गरेका थिए । कोणसभामा बोल्नुहुंदै नेपाल शिक्षक महासंघका प्रदेश अध्यक्ष पुर्णप्रसाद गौतमले राज्यले शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई उपेक्षा गरिरहेको गुनासो गर्नुभयो ।

उहांले शिक्षक र विद्यालय कर्मचारीहरुसंग राज्यद्वारा गरिएको विभेद तत्काल अन्त्य गरिनुपर्ने माग गर्नुभयो । महासंघबाट घोषित तेश्रो चरणको आन्दोलनको कार्यक्रम अनुसार सातवटै प्रदेशमा प्रदेशस्तरिय धर्ना तथा विरोधका कार्यक्रमहरु गरिएको नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघले उठाएको पेशागत हकहित र शैक्षिक सुधारका २६ बुंदे माग पुरा नभएसम्म आन्दोलन जारी रहने आयोजक समितिले जनाएको छ । महासंघले गुणस्तरिय शिक्षाका लागि विश्व शैक्षिक मञ्च र दलहरुका घोषणापत्रमा प्रकट भएका प्रतिबद्धता अनुसार शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिसत र कुल गार्हस्थ उत्पादनको ४ प्रतिसत बिनियोज गर्नुपर्ने माग गरेका छन ।

यस्तै शिक्षकका संस्था र सरकारबीच बिगतमा भएका सहमति र सम्झौताहरु तत्काल लागु गर्नुपर्ने लगायतका माग पनि समावेश गरिएका छन् ।

प्रकाशित मिति : १८ पुष २०७५, बुधबार १८:५४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३