प्रकाशित : ६ मंसिर २०७५, बिहीबार १८:३५

विराटनगर, ६ मंसिर । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा डिपोट उच्च माविले एक निजी कम्पनीलाई लिजमा दिएपछि प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरु विरोधमा उत्रिएका छन् ।

डिपोट उच्च माविले धरानको ईजी राईडर ग्रुप प्रालिलाई ३० वर्षका लागि प्रतिष्ठानको जग्गा लिजमा दिएको छ । लिजमा लिएको कम्पनीले फनपार्क संगै होटल संचालन गर्न भौतिक संरचनाहरु निर्माण गर्न थाले पछि प्रतिष्ठानको जग्गा संरक्षण गर्न शिक्षक, कर्मचारी, चिकित्सक एवं विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका छन् ।

शैक्षिक प्रयोजनको लागि उपभोग गर्न पाउने जग्गा लिजमा दिए पछि प्रतिष्ठानकै सेवा बिस्तार लगायत विद्यालयको शैक्षिक विकासमा असर पर्ने भएकाले फनपार्क अन्यत्रै सार्न उनीहरुले माग गरेका छन् ।

डा. विष्णु पोखरेलको संयोजकत्वमा संघर्ष समिती गठन गरि उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । समितीले यसका विरुद्ध अख्तियारमा उजुरी गर्ने र नागरिक संवाद कार्यक्रम गर्ने जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३