Breaking News

धनपालथान खुल्ला दिसामुक्त घोषणा

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार १८:२५

विराटनगर, ६ मंसिर । मोरङ जिल्लाको १२ औं स्थानीय तहको रुपमा धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ ।

अव एक नम्वर प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकाको दुुइवटा वडा, कटहरी, बूढीगंगा, जहदा गाउपालिका र सुनवर्षी नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन् ।

यसमध्ये सुनवर्षी नगरपालिका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट अन्तिम गुणस्तर अनुगमन समेत भैसकेको छ भने बूढीगंगा गाउँपालिकाले अन्तिम गुणस्तर अनुगमनको तयारीमा छ ।

धनपालथान गाउपालिकाले एक कार्यक्रमको आयोजनागरी प्रदेश सभा सदस्य ज्ञानेश्वर राजवंशी र धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिंहले धनपाललाई खुल्ला दिसामुक्त गाउपालिका घोषणा गर्नुुभयो ।

उहाहरुले खुल्ला दिसामुक्तको प्रतीक हरियो झण्डा फहराउदै खुुलादिसामुुक्त गाउपालिका घोषणा गर्नुुभयो ।

यसैगरी जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश प्रसाद पोखरेल र प्रदेश सांशद राजवंशीले जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको तर्फवाट गाउँपालिका अध्यक्ष सिंहलाई खुल्ला दिसामुक्तको प्रमाणपत्र प्रदान गर्नुुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३