प्रकाशित : ६ मंसिर २०७५, बिहीबार १८:२०

विराटनगर, ६ मंसिर । सुनसरीको दुहवी ९ छाताबेलीका फिदा हुसेन हत्याको दोषी पत्ता लगाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका स्थानीयले आन्दोलन फिर्ता लिएका छन् ।

प्रशासनले गृहमन्त्रीको माग बाहेक सम्पूर्ण माग पुरा गर्ने आश्वासन दिएपछि फिर्ता लिएका हुन् । मृतक हुसेनको शव हिजो मध्यान्हबाटै दुहवी स्थित डाँगा चौकमा राखिएको थियो ।

टेण्ट गाडेर मृतकका परिवार सहित स्थानीयले शव सडकमै राखी प्रर्दशन जारी राखेका थिए । आज प्रशासनसँग भएको वार्तापछि शवको पोष्टमार्टम गरिएको छ । हुसेन हत्याको बिरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी,औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको थियो ।

शान्ति सुरक्षा दिन नसकेको भन्दै मुस्लिम समूदायको उपस्थिती रहेको क्षेत्रमा बिहानैबाट टायर बाली प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए ।

दुहवी सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका साधन ठप्प भएका थिए भने दुहवीका उद्योग कल कारखाना, शिक्षणसंस्था र बजार पूर्ण रुपमा बन्द थिए । आन्दोलन कारी र प्रशासनवीचको वार्ता सफलपछि आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता भएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३