Breaking News

विराटनगर, ५ मंसिर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले प्रदेश र राजधानीको नाम सर्वसम्मत हुने सम्भावना नरहेको बताउनुभएको छ ।

खोटाङमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न चार/पाँच वटा नाम प्रस्तावमा आएकाले बढीभन्दा बढीको सहमतिमा प्रदेशको नाम र राजधानी टुंगो लगाइने बताउनुभयो ।

प्रदेशका लागि सगरमाथा, कोशी, किरात, लिम्बू, मेची, बिराटलगायतका नाम आएकाले सबैभन्दा बढीको पहिचान बोक्ने, सबैभन्दा बढीले रुचाउने र सबैभन्दा बढीको निकट हुने खालको नामबाट प्रदेशको नामाकरण गर्ने जानकारी दिनुभयो ।

उहाँले प्रदेशको राजधानी बनाउने नाममा खेतीयोग्य जमिन तथा जंगल मास्ने काम नगरिने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३