Breaking News

सर्वाधिक पुरस्कार राशीको मीस पूर्वेली सुपर मोडल हुने

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार १८:४४

विराटनगर, ५ मंसिर । सर्वाधिक पुरस्कार राशीको मीस पूर्वेली सुपर मोडलको सातौं संस्करण विराटनगरमा हुने भएको छ । अगामी मंसिर ८ गतेदेखि अडिसन शुरु हुने आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

आगामी पुस १४ गते फाईनल प्रतियोगिता गर्ने गरि तयारी शुरु भएको आयोजक ए वान इन्टरटेनमेन्ट प्रालिका चियरपर्सन किरण लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको टाईटल होल्डरलाई २ लाख ५० हजार, फस्र्ट रनरअफलाई १ लाख र सेकेण्ड रनरअफलाई ५० हजार पुरस्कार प्रदान गरिने छ ।

विजेता तीनै लाई इण्डोनेसियाको बालीको भ्रमण तथा सानिमा बैंकबाट १० लाख र ५ लाखको वीमा समेत गरिने आयोजकले बताएको छ । प्रतियोगिता विवादरहित बनाउनका लागि विराटनगर बाहिरबाट निर्णायक ल्याइने आयोजकले बताएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि २६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको चियर पर्सन लामाले बताउनुभयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३