Breaking News

विराटनगर, ४ मंसिर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान विरुद्ध तीन विद्यार्थीले उत्प्रेषणयुक्त परमादेशकालागि दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज गरिदिएको छ ।

एमबीबीएसको भारतीय कोटा तर्फ मेरिटमा नाम निकाले पनि काउन्सिलिङका बेला ढिलो आएका विद्यार्थीलाई बीपीले भर्ना नगरेपछि त्यो निर्णय विरुद्ध परमादेशकालागि भारतीय विद्यार्थी निशान्त कुमार, अरिवा अकबर र डाक्टर शैलेन्द्र सेखरले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।

बीपीको निर्णय खारेज गरी अध्ययन गर्न पाउँ भनी दायर गरेको रिटमा परमादेश आवश्यक नपर्ने भन्दै उच्च अदालतले खारेज गरिदिएको हो । उच्च अदालतका न्यायाधीशस हरिप्रसाद भण्डारी र सारङ्गा सुवेदीको इजलासले रिट खारेज गरेको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायणप्रसाद रेग्मीले बताउनु भयो ।

भारतीय कोटामा मेरिटमा नाम निकाले पनि आरेन्टेशन कक्षमा निर्धारित समय भन्दा १५ मिनेट ढिलो आएकी अरिवा, आधा घण्टा ढिलो आएका निशान्त र एक दिन ढिलो आएका शैलेन्द्रको स्थानमा बीपीले मेरिटमा उनीहरु भन्दा कम नम्बर ल्याएका विद्यार्थीलाई स्थान दिएको थियो ।

अदालतले बीपीको निर्णय विरुद्ध उत्प्रेशणयुक्त परमादेश माग गर्दै विद्यार्थीले दायर गरेको रिट खारेज गर्ने आदेश दिएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३