प्रकाशित : ४ मंसिर २०७५, मंगलवार १८:३८

विराटनगर, ४ मंसिर । काठमाडौंबाट मात्र हुँदै आएको माउण्टेन फ्लाइट (पर्वतीय उडान) अब प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट पनि हुने भएको छ ।

निजी क्षेत्रमा पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्सीले चार्टर गरेर यही शनिबारबाट माउण्टेन फ्लाइटको नियमित उडान सुरु गर्ने भएका हुन् । विराटनगरका ट्राभल्स एजेन्सी संचालक रहेर विराट होलिडे प्रालिले प्रत्येक साताको शनिबार विहान साढे सात बजेदेखि नियमित माउण्टेन फ्लाइट गराउने आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइयो ।

पर्यटन प्रवद्धन गर्ने उद्देश्यले नियमित रुपमा पहिलो पटक विराटनगरबाट माउण्टेन फ्लाइट सुरु गर्न लागेको विराट होलिडे प्रालिका अध्यक्ष भविस श्रेष्ठले जानकारी दिनु भयो । यति एयरलाइन्सबाट हुने उडानमा एक पटकमा १९ जानले यात्रा गर्न मिल्ने बताइएको छ । विराटनगर विमानस्थलबाट हुने उडानमा एक जनाको नौ हजार नौ सय रुपैयाँ लाग्नेछ ।

माउण्टेन फ्लाइट संचालनमा आएपछि भारतको बिहार, सिक्कमी स्वदेशको लहान, विराटनगर, इटहरी, दमक, विर्तामोड लगायतका पर्यटक आउने अपेक्षा गरिएको छ । माउण्टेन फ्लाइटसँगै धनकुटाको भेडेटार–हिले हुँदै बसन्तपुरसम्मको प्याकेज तयार पारेर भारतीय बजारमा प्रचारप्रसार गरिने अध्यक्ष श्रेष्ठले बताउनु भयो । माउण्टेन फ्लाइटबाट प्रदेश १ भित्रै पर्ने आठ हजार मिटर माथिका हिमश्रृंखलाको अवलोकन गर्न सकिने छ । फ्लाइटका लागि विराटनगर आधार क्षेत्र रहेका ट्राभल एजेन्सीहरूले टिकट विक्री गर्नेछन् ।

अहिलेसम्मको छलफलमा काठमाडौं भन्दा सस्तो दरमा उडान गराउन सकिनेबारे सबै पक्ष सकारात्मक देखिएको विराटनगर ट्राभल एशोसिएशनका अध्यक्ष फडिन्द्र अधिकारीले बताउनु भयो । विराटनगर फ्लाइटमा जानेले विहानी घामको पहिलो झुल्कोसँगै खुल्ने हिमश्रृंखला ५५ मिनेटमा अवलोकन गर्न पाउने उहाँले जानकारी दिनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३