प्रकाशित : ४ मंसिर २०७५, मंगलवार १८:३५

विराटनगर, ४ मंसिर । पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको नागरिक अभिनन्दनमा सहयोग गर्ने सम्पूर्णलाई मुल समारोह समितिले हार्दिक आभार व्यक्त गरेको छ ।

विराटनगरमा पहिलोपल्ट राजनीतिक क्षेत्रका व्यक्तिले गरेको योगदानको मुल्याङ्कन गर्दै नागरिक अभिनन्दन गर्ने कार्यक्रम शुरु गरिएको भन्दै सबैको सहयोगले कार्यक्रम भव्य र ऐतिहासिक रूपमा सम्पन्न भएको अध्यक्ष डा.भेषप्रसाद धमलाले जनाउनु भएको छ ।

कार्यक्रम सफल बनाउन आआफनो ठाउँबाट सहयोग पुर्याई सकारात्मक भूमिका निर्वाह गरिदिनुहुने प्रदेशको सामाजिक विकास मन्त्रालय, नागरिक समाजका प्रबुद्ध व्यक्तिहरू, राजनीतिक दलका नेताहरू, स्थानीय तह, सामाजिक संघ/संस्था, उद्योग संगठन तथा मोरङ व्यापार संघ, सुरक्षाकर्मी, मानव अधिकारकर्र्मी, सञ्चारकर्र्मी र पत्रकारहरू सबैप्रति अध्यक्ष डा. धमलाले आज विज्ञप्ती जारी गर्दै हार्दिक धन्यवाद तथा आभार प्रकट गर्नु भएको छ ।

अभिनन्दन कार्य सम्पन्न गर्नका लागि प्रदेश नंं. १ का १ सय २८ वटा संस्था, राजनीतिक तथा सामाजिक व्यक्तित्व, संघीय सांसद तथा प्रदेशसभा सदस्य पेशाकर्मी, पत्रकार, साहित्यकार लगायतका समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मिलित ४ सय ५१ सदस्यीय मूल समारोह समिति र ३८ सदस्यीय कार्यसम्पादन समिति बनेको, मुख्यमन्त्रीको संयोजकत्वमा ४० सदस्यीय सल्लाहकार समिति र विभिन्न पाँच उपसमितिहरू गठन गरिएको अध्यक्ष डा.धमलाले बताउनुभयो । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको मंसिर १ गते विराटनगरमा भव्य नागरिक अभिनन्दन गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhaba[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३