प्रकाशित : ४ मंसिर २०७५, मंगलवार १४:५१


विराटनगर, ४ मंसिर । मोरङ उर्लाबारी ७ मा आज दिउँसो भएको आगलागीमा एक करोड बढीको क्षति भएको छ ।
दिउँसो २ वजेतिर भक्तराम अधिकारीको काठको २ तले घरको आफ्नै किराना पसलबाट बिद्युत सर्ट भई आगलागी हुदा उनको घर, सुन, नगद गरी करिव १ करोड ११ लाख ३२ हजार बरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण सोही स्थानका अर्जुन न्यौपानेको करिव १ लाख बराबरको काठको १ तले घर जली नष्ट भएका छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी र ६ वटा दमकलको सहयोगमा २ घण्टापछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु