प्रकाशित : ४ मंसिर २०७५, मंगलवार १४:०८

विराटनगर, ४ मंसिर । चालु आर्थिक बर्षका लागि मोरंगमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ९६ वटा योजना छनौट गरिएको छ । हरेक निर्वाचन क्षेत्रमा ४/४ करोडका दरले २४ करोडको योजना छनौट गरिएको हो । छनौट गरिएकामा सडक निर्माणमा १६ करोड ३४ लाख विनियोजन गरिएको छ । ७ करोड ६६ लाख भवन निर्माणमा विनियोजन गरिएको छ ।

छनौट गरिएका योजना न्युनतम १० लाख देखि १ करोड १० लाख सम्मका रहेका छन् । क्षेत्र नं. १ मा रहेका ४ वटा स्थानीय तहबाट भने १÷१ करोडका योजना छनौट गरिएको छ ।

यस क्षेत्रमा सडक निर्माणमा ३ करोड ५० लाख र भौतिक निर्माणमा ५० लाख विनियोजन भएको छ । क्षेत्र नं. २ बाट १० वटा योजना छनौट गरिएको छ । यस क्षेत्रमा ठुलो योजनाका रुपमा रतुवाईमाई नगरपालिकामा १ करोडको लागतमा आमबारी चौकीघाट मार्ग सडक निर्माणका १ करोड बजेट विनियोजन गरिएको छ । ४ करोड नै सडक निर्माणका लागि विनियोजन गरिएको छ ।

क्षेत्र नं. ३ बाट १२ वटा योजना छनौट गरिएको छ । यस क्षेत्रमा १० देखि ५० लाखका योजना छनौट गरिएको छ । २ करोड ६० लाख सडक निर्माणका योजना छन भने १ करोड ४० लाखका भवन निर्माणका योजना छनौट गरिएको छ ।

क्षेत्र नं. ४ ले २० वटा योजना छनौट गरेको छ । यस क्षेत्रमा १० देखि ७० लाख सम्मका योजना छनौट गरिएको छ । क्षेत्र नं. ४ मा १० लाखका योजना १० वटा छनौट गरिएको छ । क्षेत्र नं. ४ बाट भवन निर्माणमा बढी योजना छनौट गरिएको छ । २ करोड ८३ लाख भवन निर्माणका योजनामा छन् भने १ करोड १७ लाख सडक निर्माणका योजना छन् ।

क्षेत्र नं. ५ बाट १७ वटा योजना छनौट गरिएको छ । १ करोड १० लाख देखि १० लाख सम्मका योजना क्षेत्र नं. ५ बाट छनौट गरिएको छ । २ करोड १३ लाख भवन निर्माणका योजना छन भने १ करोड ८७ लाखका सडक निर्माणका योजना छनौट गरिएको छ ।

क्षेत्र नं. ६ बाट १८ वटा योजना छनौट गरिएको छ । यस क्षेत्रमा १० देखि ५५ लाख सम्मका योजना रहेका छन् । ८१ लाखको भवन निर्माणका योजना छन भने ३ करोड १९ लाख सडक निर्माणका योजना छनौट गरिएको छ ।

पुर्वाधार विकास योजना छनौट परामर्श समितिको निर्णय अनुसार योजना छनौट गरिएको मोरंग क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य घनस्याम खतिवडाले जानकारी दिनुभयो । योजना छनौट गर्दा प्रत्येक स्थानीय तहमा ५० लाखको एउटा योजना अनिबार्य हुनुपर्ने र न्युनतम योजना १० लाखको हुनुपर्ने प्रावधान रहेको खतिवडाले बताउनुभयो । उहाँका अनुशार एउटा क्षेत्रबाट बढीमा २० वटा योजना छनौट गर्न सकिने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३