Breaking News

जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गरेको छौं : सभापति देउवा

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलवार १०:५०

विराटनगर, ४ मंसिर । नेपाली कांग्रेसका सभापती शेर वहादुर देउवाले कांग्रेसले जिम्मेवार प्रति पक्षको भुमिका खेलिरहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज विहान आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले राजनीतिक स्थायित्व र मुलुकको सम्वृद्धिका लागि काँग्रेस प्रतिपक्षमा भएरपनी जिम्मेवार भुमिका खेलेको बताउनुभयो ।

सभापति देउवाले, तोकिएको समयमा महासमितिको वैठक हुने भन्दै महासमितिको वैठकपछि कांग्रेस भित्र देखिएको सानातिन विवाद हटेर जाने दावी गर्नुभयो ।

उहाँले पार्टीलाई संगठित वनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको वताउनुभयो । उहाले कांग्रेस प्रजातान्त्रिक विचार वोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने वताउनुभयो ।

सभापती देउवाले कोइराला परिवारका तीनवटै नेता विचको एकताले पार्टीलाई संगठित वनाउन थप मद्दत पुग्ने बताउनुभयो ।

कोइराला परिवारसंग आफनो कहिलेपनि कुनै किसिमको विवाद र झगडा नभएको भन्दै सभापती देउवाले तिन कोइरालाको एकताले गाउ, नगर, क्षेत्र तथा जिल्लामा समेत पार्टी एकतामा सहयोग पुग्ने दावी गर्नुभयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३